सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । सर्लाही र महोत्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
सर्लाहीको बसबरिया गाउँपालिका-६ पोखरीया टोलमा हिरापुरबाट मदनपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००१ स ३०३० नम्बरको अटो अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा अटोमा सवार कविलासी नगरपालिका-३ बस्ने ३९ वर्षीय भुव नारायण राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मंलगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सर्लाहीकै बागमती नगरपालिका-१२ बथानेस्थित सडकमा बथानेबाट बागमतीपुलतर्फ जाँदै गरेको प्र.२-०३००८ प ३८४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय कृष्ण मोक्तानको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बागमती मोडेल अस्पताल कर्मैया हुँदै एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता महोत्तरीको बलवा नगरपालिका-८ बनौटास्थित सडकमा अध्यानपुरबाट जलेश्वरतर्फ आउँदै गरेको बीआर ३० एजी ७२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार जलेश्वर नगरपालिका-३ मलिवारा बस्ने २८ वर्षीय तनविर अन्सारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागी जनकपुरतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण