दसैँ मेरो प्राथमिकतामा पर्दैन : प्रचण्ड
बुधबार, ३० असोज २०८१, १३ : ४०
१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसैँ आफ्नो प्राथमिकतामा नपरेको बताएका छन् ।
बुधवार नेपाल न्युज बैंकसँगको कुराकानीमा बडादसैँलाई आफूले पहिलेदेखि नै महत्त्व नदिएको तर परिवारका सदस्यहरूलाई साथ दिने गरेको प्रतिक्रिया दिए ।
‘जनयुद्धभरि र त्यसपछि पनि दसैँ मेरो त्यति प्राथमिकतामा पर्दैन । यसलाई सामान्य रूपमै लिनेगर्छु । घरमा परिवारका सदस्यहरू, छोराछोरी, नाति नातिनाहरुलाई टीका लगाउने गर्छन् । उनीहरूलाई सहयोग चाहिँ गर्छु,’ अध्यक्ष दाहालले भने ।
अध्यक्ष दाहालले दसैँमा प्राय टीका लगाउने गरेका छैनन् । तर २०७४ सालमा भने उनको निधारमा रातो टीका लगाएको तस्बिर सार्वजनिक भएको थियो । लाजिम्पाट निवासमा रहँदा उनले मामा ससुरा र सासुको हातबाट टीका लगाएको तस्बिर उनकी छोरी गङ्गा र छोरा प्रकाशले सार्वजनिक गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण