वीपी राजमार्ग बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द
बुधबार, ३० असोज २०८१, २० : १८
काठमाडौँ । वीपी राजमार्ग बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ । सडक डिभिजन भक्तपुरले बुधबार एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण वीपी राजमार्गको भकुण्डेबेसी वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक पूर्ण रूपमा बगेको थियो । सो क्षेत्रमा हाल ट्र्याक निर्माण गरी यात्रुवाहक सवारी साधनका लागि मात्र आवागमन खुल्ला गरिएको छ ।
सडक खण्डहरूमा ट्र्याक निर्माण भए पनि हाल ट्र्याक मर्मत सुधार कार्य गरी यात्रा थप सरल र सुरक्षित बनाउने कार्य भइरहेको साथै जुनसुकै समय पनि सो क्षेत्रमा सुख्खा पहिरो जान सक्ने भएकोले राति सडक बन्द गरिएको डिभिजन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण