नेपाल एयरलाइन्सद्वारा चार जहाजको किस्ताबापत ५३ करोड ९ लाख रुपैयाँ भुक्तानी
बिहीबार, ०१ कात्तिक २०८१, ११ : ५९
काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ४ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापतको रकम भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आश्विन महिनाको किस्ताबापत पुरा र दुई वाइडबडी जहाजको आंशिक गरी आश्विन ३० गते त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ भुक्तानी गरेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उनले निगमको वर्तमान व्यवस्थापनले नेतृत्वले सम्हालेपश्चात आश्विनसम्मको अवधिमा ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण