नेपाल एयरलाइन्सद्वारा चार जहाजको किस्ताबापत ५३ करोड ९ लाख रुपैयाँ भुक्तानी
बिहीबार, ०१ कात्तिक २०८१, ११ : ५९

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ४ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापतको रकम भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आश्विन महिनाको किस्ताबापत पुरा र दुई वाइडबडी जहाजको आंशिक गरी आश्विन ३० गते त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ भुक्तानी गरेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उनले निगमको वर्तमान व्यवस्थापनले नेतृत्वले सम्हालेपश्चात आश्विनसम्मको अवधिमा ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जानकारी दिए ।