प्रेम विवाह गरेका सैनिक दम्पतीको दुःखद् अवसान
नयाँ दिल्ली । भारतीय सेनामा कार्यरत एक दम्पतीको दुःखद् अवसान भएको छ । भारतीय वायुसेनामा फ्लाइट लेफ्टिनेन्ट रहेका ३२ वर्षीय दीन दयालले मंगलबार आत्महत्या गरेका थिए । बुधबार उनकी पत्नी रेनु तंवरको पनि शव फेला परेको छ । रेनु पनि भारतीय सेनामै थिइन् । दुवैबिच प्रेम विवाह भएको थियो ।
दीन दयालको शव आगरास्थित वायुसेना आवास परिसरकै एउटा कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । दिल्लीमा रहेकी रेनुले पतिको मृत्यु भएको खबर सुनेपछि आत्महत्या गरेको बताइएको छ । उनको शव बुधबार कोठामै झुण्डिएको अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार रेनुको कोठाबाट सुसाइट नोटसमेत फेला परेको छ । उनले पतिकै साथ आफ्नो अन्तिम बिदाइको चाहना गर्दै नोटमा लेखेकी छन्, ‘हाम्रो अन्तिम संस्कार एकसाथ गरियोस् र मेरो हात पतिको हातमाथि राखियोस् ।’
दीन दयालले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । तर उनकी पत्नी रेनुले भने पतिको शोककै कारण आत्महत्या गरेको उनको सुसाइट नोटबाट प्रस्ट देखिन्छ । दुवैको शव पोस्टमार्टमपछि परिवारजनलाई जिम्मा लगाइएको छ । प्रहरीले दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण