राष्ट्रिय झन्डा संरक्षण गर्न नसक्ने श्रम मन्त्रालय
बिहीबार, ०१ कात्तिक २०८१, १३ : १३
काठमाडौँ । नेपालको राष्ट्रिय पहिचान भनेको झन्डा हो । हरेक सरकारी कार्यालयमा झन्डा फहराउने गरिन्छ । झन्डा सफा सुग्घर राख्नु सबैको कर्तव्य हुन्छ ।
च्यात्तिएको झन्डा राख्न पाइँदैन । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भने च्यात्तिएकै झन्डा राखिएको छ । पुरानो भएर झन्डाको रङ्ग समेत खुइलिएको छ भने झन्डाको किनारा सबै च्यात्तिएको छ । तर पनि मन्त्रालयले झन्डा फेर्न सकेको छैन । सिंहदरबारभित्र श्रम मन्त्रालयको बिच भागमा राखिएको झन्डा टाढैबाट प्रस्टै देखिन्छ ।
तर, मन्त्री, सचिव लगायतका कर्मचारीले भने च्यात्तिएको झन्डा फेर्न भने सकेका छैनन् । मन्त्रालय प्रवेश गर्दा टाढैबाट च्यात्तिएको झन्डा प्रस्ट देखिन्छ । दिनमा सयौँ पटक ओहोरदोहोर गर्ने मन्त्रालयका अधिकारीहरूले झन्डा च्यात्तिएको देखेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण