रौतहटबाट ६ जना फरार प्रतिवादी पक्राउ
रौतहट । रौतहटमा ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट फैसला भई कैद जरिबाना तोकिएर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नजिर अन्सारी, सिहदान्त पासवान, रामसागर गिरी, पवनकुमार राउत कुर्मी, अखिलेशकुमार यादव र राजेशकुमार यादव रहेका छन् । उनीहरुलाई दसैंमा घर आएका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपकुमार रायले जानकारी दिए ।
अन्सारीलाई ज्यान मुद्दा, पासवानलाई चोरी मुद्दा, गिरीलाई बालबिबाह मुद्दा , कुर्मी र यादवलाई चोरी मुद्दा जरिवाना र कैद तोकिएको डीएसपी रायले बताए । राजेशकुमार यादवलाई भने लागुऔषध मुद्दामा ५० हजार जरिवाना तोकिएको उनले बताए ।
पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्वान्यनको लागि बिहीवार जिल्ला अदालत गौरमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण