साफ महिला फुटबल च्याम्पियनसिप : आज नेपाल र भुटान तथा श्रीलङ्का र मालदिभ्सबिच प्रतिस्पर्धा
काठमाडौँ । काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भुटान तथा श्रीलङ्का र मालदिभ्सबिच प्रतिस्पर्धा हुने भएको छ ।
दशरथ रङ्गशालामा हुने पहिलो खेलमा श्रीलङ्का र मालदिभ्सबिच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि सुरु हुने छ ।
त्यस्तै दोस्रो खेल नेपाल र भुटानबिच हुँदै छ । यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि सुरु हुने छ ।
प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, भुटान, मालदिभ्स र बङ्गलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन् । नेपाल समूह बी मा श्रीलङ्का, मालदिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।
नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बङ्गलादेशले उपाधि जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण