लामो विवादपछि कंगनाको फिल्म ‘इमर्जेन्सी’ लाई सेन्सर बोर्डको प्रमाणपत्र
मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ लाई सेन्सर बोर्डबाट हरियो संकेत मिलेको छ । मिडिया रिपोर्टका अनुसार फिल्ममा एक मिनेटको दृश्य काटिएको छ ।
फिल्म अहिले रिलिजको तयारीमा छ । छिट्टै कंगनाले रिलिज डेटको आधिकारिक घोषणा गर्नेछिन् ।
सिख संगठनहरूले फिल्मलाई लिएर आपत्ति जनाएपछि सीबीएफसीले चलचित्रको प्रमाणपत्र रोकेको थियो। यस विषयमा कंगनाले पनि आक्रोश पोखेकी थिइन् ।
सीबीएफसीले यस फिल्मका धेरै दृश्यहरूमा आपत्ति जनाएको थियो। सीबीएफसीले यस फिल्मबाट ३ वटा दृश्य हटाउन निर्देशन दिएको थियो । फिल्म रिलिज गर्नुअघि १० वटा परिवर्तन गर्नुपर्ने निर्देशन पनि दिइएको थियो ।
चलचित्रको सर्टिफिकेटमा यसको अघिल्लो १४७ मिनेटको रनटाइमलाई घटाएर १४६ मिनेटमा राखिएको देख्न सकिन्छ । फिल्ममा १ मिनेट काटिएको देखिन्छ ।
कंगनाले फिल्मलाई सेन्सर बोर्डबाट ग्रिन सिग्नल पाएकोमा खुशी व्यक्त गरेकी छन् । उनले एक्स ह्यान्डलमा पोष्ट सेयर गर्दै लेखेका छन्, ‘हामीले यो घोषणा गर्न पाउँदा खुसी छौँ कि हामीले हाम्रो फिल्म इमर्जेन्सीको लागि सेन्सर प्रमाणपत्र प्राप्त गरेका छौँ। हामी छिट्टै यसको रिलिज मिति घोषणा गर्नेछौं। तपाईंको धैर्य र समर्थनको लागि धन्यवाद।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण