साफ महिला च्याम्पियनसिप : माल्दिभ्समाथि श्रीलंकाको रोमाञ्चक जित
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । श्रीलंकाले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको प्रतिस्पर्धात्मक खेलमा माल्दिभ्सलाई १–० गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा श्रीलंकाली टोलीका लागि निर्धारित समयको १८औँ मिनेटमा ईमेशाले निर्णायक गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन । अन्ततः इमेशाकै गोलका कारण श्रीलंका तीन अंक जोड्न सफल भयो ।
समूह ‘बी’ अन्तर्गतको यो पहिलो खेल हो । जितसँगै श्रीलंकाले महत्वपूर्ण तीन अंक बटुलेको छ । साफ महिला च्याम्पियनसिपमा पहिलो संस्करणदेखि नै सहभागी हुँदै आएका यी दुबै टोलीले हालसम्म उपाधि भने जित्न सकेका छैनन् ।
श्रीलंका हालसम्म तीनपटक सेमिफाइनलसम्म पुगेको छ । श्रीलंकाली टोली सन् २०१२, सन् २०१४ र सन् २०१९ मा सेमिफाइनलमा पुगेको थियो । माल्दिभ्स भने हालसम्म एकपटक मात्र यो प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । माल्दिभ्स सन् २०१६ मा सेमिफाइनलमा पुगेको थियो ।
शुक्रबारको दोस्रो खेल घरेलु टोली नेपाल र भुटानबिच खेलिने छ । नेपाल र भुटान पनि प्रतियोगिताको समूह ‘बी’ मै रहेका छन् । नेपाल र भुटानबिचको खेल नेपाली समय अनुसार, साँझ १७ः३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
प्रतियोगिताको सातौँ संस्करणमा सातवटा राष्ट्र सहभागी छन् । प्रतियोगिताको समूह ‘ए’ मा भने साविक विजेता बंगलादेश, भारत र पाकिस्तान रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई ५–२ गोलले हराएको थियो ।
पहिलो चरणको समाप्तिपछि दुबै समूहबाट माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल खेल कार्तिक ११ गते खेलिने छ । फाइनल खेल कार्तिक १४ गते खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण