आयोग गठनको बाटो खुल्यो, सर्च कमिटीले पायो पूर्णता
काठमाडौँ । शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउन सरकारले सर्च कमिटी (सिफारिस समिति) लाई पूर्णता दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सर्च कमिटीलाई पूर्णता दिने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार डा अर्जुन कार्की, खम्बबहादुर खातीसहित विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरु सदस्य रहनेगरी कमिटीलाई पूर्णता दिने निर्णय भएको हो ।
यसअघि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्षसहितका नेताहरूको बैठकले सर्च कमिटीलाई पूर्णता दिने समझदारी गरेको थियो । सोही सहमतिअनुसार मन्त्रिपरिषद्को बैठकले सर्च कमिटीलाई पूर्णता दिएको हो ।
२०८० चैत ३० गते प्रचण्ड नेतृत्वको सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी सर्च कमिटी गठन गरेको थियो । त्यतिबेलै पूर्वप्रधानन्यायाधीश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन भएपनि पूर्णता दिन बाँकी रहेको थियो । समितिले पूर्णता पाएसँगै अब आयोग गठन प्रक्रिया अगाडि बढ्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण