रवि लामिछाने पक्राउविरुद्ध काठमाडौँमा रोचक नारा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ । उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले लामिछानेको गिरफ्तारी भएको भन्दै उनका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रयोग भएका नाराहरू भने पोखरा र काठमाडौँमा केही भिन्न देखिएको थियो ।
पोखरामा कांग्रेस नेता धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलको फोटोसहित प्रदर्शन गरिएपनि काठमाडौँमा त्यस्तो दृश्य देखिएको थिएन ।
काठमाडौँमा भएको प्रदर्शनमा ‘लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन’,‘अन्याय सहेर जनता चुप बस्दैनौँ’, ‘सहकारी पीडितलाई न्याय दे’,‘भ्रष्ट सरकार ओइ ओइ, ८७ खर्ब खोइ खोइ’,‘सक्दैनौ सक्दै त सक्दैनौ’, ‘यो राजनीतिक प्रतिशोध बन्द गर’, ‘दुई तिहाई पाराले दुःख पायो साराले’, ‘भाट भुटानी सरकार मुर्दावाद’,‘सरकार मर्यो, जनतालाई जुठो पर्यो’,‘कसैको राजनीति बचाउन, जनताको राजनीति सकाउन पाइँदैन’, ‘दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने’लगायतका रोचक लाग्ने नाराहरू लेखिएका प्लेकार्ड र नारा लगाएका थिए । रास्वपा नेता शिशिर खनाललगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने शुक्रबार साँझ पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण