साफ महिला च्याम्पियनसिप : आज साविक विजेता बङ्गलादेश र पाकिस्तान भिड्दै
काठमाडौँ । नेपालमा जारी साफ महिला च्याम्पियनसिपमा आइतबार पाकिस्तानले बङ्गलादेशको सामना गर्दै छ । पाकिस्तान र बङ्गलादेशबिचको खेल साँझ १७ः३० बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ ।
जारी प्रतियोगितामा पाकिस्तान र बङ्गलादेश समूह ‘ए’ मा रहेका छन् । भारत र पाकिस्तानले एक–एक खेल खेलेका छन् । बङ्गलादेशले भने आफ्नो पहिलो खेल खेल्न लागेको हो । प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलले हराएको थियो ।
साफ महिला च्याम्पियनसिपको यो सातौँ संस्करण हो । बङ्गलादेश र पाकिस्तान सन् २०१० मा सम्पन्न पहिलो संस्करणदेखि नै साफ महिला च्याम्पियनसिपमा सहभागी हुँदै आएका छन् । बङ्गलादेशी टोलीले हालसम्म एक पटक उपाधि जितेको छ ।
बङ्गलादेशले सन् २०२२ मा नेपालमै सम्पन्न छैटौँ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीलाई ३–१ गोलले हराउँदै उपाधि चुमेको थियो । त्यसैले बङ्गलादेश साफ महिला च्याम्पियनसिपको उपविजेता पनि हो ।
त्यसअघि सन् २०१६ मा पनि बङ्गलादेश प्रतियोगिताको फाइनलसम्म पुगेको थियो । त्यतिबेला फाइनलमा भारतले बंगलादेशलाई ३–१ गोलले हराएको थियो । पाकिस्तानले भने हालसम्म उपाधि चुम्न सकेको छैन ।
पाकिस्तानी टोली हालसम्म साफ महिला च्याम्पियनसिपको फाइनलसम्म पनि पुग्न सकेको छैन । पाकिस्तानी टोली एकपटक सन् २०१२ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यसैले बङ्गलादेशको तुलनामा पाकिस्तान केही कमजोर देखिन्छ ।
प्रतियोगिताको सातौँ संस्करणमा सातवटा राष्ट्र सहभागी छन् । प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, भारत र पाकिस्तान रहेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने नेपाल, भुटान, श्रीलङ्का र मालदिभ्स रहेका छन् ।
पहिलो चरणको समाप्तिपछि दुवै समूहबाट माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल कार्तिक ११ गते खेलिने छ । फाइनल खेल कार्तिक १४ गते खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण