लेबनानमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएको इजरायलको दाबी

तेल अभिभ । इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएको जनाएको छ ।
इजरायली सेनाले विज्ञप्ति जारी गर्दै भन्यो, ‘आइतबार बिहान, इजरायली वायुसेनाले खुफिया सूचनाको आधारमा हिजबुल्लाहको गुप्तचर मुख्यालयको कमाण्ड सेन्टर र भूमिगत हतियार निर्माण गर्ने ठाउँमा आक्रमण गरेको छ।’
विज्ञप्तिमा भनिएको छ, ‘सेनाले नागरिकको हताहत रोक्न धेरै उपायहरू अपनाएको छ जसमा स्थानीय बासिन्दाहरूलाई प्रारम्भिक चेतावनी जारी गर्ने पनि रहेको छ ।’
वायुसेनाले हिजबुल्लाहको दक्षिणी मोर्चाका वरिष्ठ कमाण्डर रहेको अल-हज अब्बास सलामालाई मारेको पनि दाबी गरेको छ । यसबाहेक सेनाले रादा अब्बास अवदा र अहमद अलि हुसैन पनि मारिएको बताएको छ। सेनाको विज्ञप्तिमा अवादा हिजबुल्लाहका वरिष्ठ सञ्चार विशेषज्ञ र हुसेन हतियार निर्माण इकाईका प्रमुख रहेको जिकिर गरिएको छ ।
हिजबुल्लाहले अहिलेसम्म आक्रमणबारे प्रतिक्रिया दिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा