लेबनानमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएको इजरायलको दाबी
तेल अभिभ । इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएको जनाएको छ ।
इजरायली सेनाले विज्ञप्ति जारी गर्दै भन्यो, ‘आइतबार बिहान, इजरायली वायुसेनाले खुफिया सूचनाको आधारमा हिजबुल्लाहको गुप्तचर मुख्यालयको कमाण्ड सेन्टर र भूमिगत हतियार निर्माण गर्ने ठाउँमा आक्रमण गरेको छ।’
विज्ञप्तिमा भनिएको छ, ‘सेनाले नागरिकको हताहत रोक्न धेरै उपायहरू अपनाएको छ जसमा स्थानीय बासिन्दाहरूलाई प्रारम्भिक चेतावनी जारी गर्ने पनि रहेको छ ।’
वायुसेनाले हिजबुल्लाहको दक्षिणी मोर्चाका वरिष्ठ कमाण्डर रहेको अल-हज अब्बास सलामालाई मारेको पनि दाबी गरेको छ । यसबाहेक सेनाले रादा अब्बास अवदा र अहमद अलि हुसैन पनि मारिएको बताएको छ। सेनाको विज्ञप्तिमा अवादा हिजबुल्लाहका वरिष्ठ सञ्चार विशेषज्ञ र हुसेन हतियार निर्माण इकाईका प्रमुख रहेको जिकिर गरिएको छ ।
हिजबुल्लाहले अहिलेसम्म आक्रमणबारे प्रतिक्रिया दिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण