न्युजिल्याण्डलाई पहिलोपटक महिला विश्वकपको उपाधि
दुबई । दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्याण्डले पहिलोपटक आईसीसी महिला टी–२० विश्वकपको उपाधि उचालेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्याण्ड ३२ रनले विजयी बनेको हो ।
१ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो । टोलीका लागि कप्तान लाउरा वुल्भाडर्टले सर्वाधिक ३३ रन बनाइन् । २७ बलमा उनले ५ चौका हिर्काइन् ।

ताजमिन ब्रिट्सले १७, क्लोई ट्रायनले १४ रन तथा एनरी डेर्कसनले १० रनको योगदान दिइन् । दक्षिण अफ्रिकालाई सस्तोमा रोक्न अमेलिया केर र रोसमेरी मेयरले ३–३ विकेट लिए । इडन कार्सन, फ्रान जोनास र ब्रुकी हालीडेले १–१ विकेट हात पारे ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । टोलीका लागि अमेलिया केरले सर्वाधिक ४३ रनको योगदान दिइन् । उनले ३८ बलमा ४ चौका प्रहार गरिन् ।

त्यस्तै, ब्रुकी हालीडेले २८ बलमा ३८ रन तथा सुजी बेट्सले ३१ बलमा ३२ रन जोडिन् । म्याडी ग्रिन १२ रनमा नटआउट रहिन् ।
दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको एमलाबाले २ तथा आयाबोंगा खाका, क्लोई ट्रायन र नादिन डे क्लर्कले १–१ विकेट लिइन् ।
न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका थिए । तर, दुवैले हालसम्म एक पटक पनि उपाधि जित्न सकेका थिएनन् ।
यस प्रतियोगितामा न्युजिल्यान्ड आफ्नो समूहको उपविजेता बन्दै अगाडि बढेको थियो । टोलीले हालसम्म एक खेलमा मात्र हार बेहोरेको थियो ।

समूह ‘ए’ मा रहेको न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई ५८ रनले हराएको थियो । न्युजिल्यान्डको टोली आफ्नो दोस्रो खेलमा भने साबिक विजेता अस्ट्रेलियासँग ६० रनले पराजित भएको थियो ।
आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डले श्रीलंकामाथि आठ विकेटको सजिलो जित हासिल गरेको थियो । आफ्नो चौथो खेलमा पनि न्युजिल्यान्डले पाकिस्तानमाथि ५४ रनको जित हासिल गरेको थियो । न्युजिल्यान्डले सेमिफाइनलमा भने पूर्व च्याम्पियन वेस्ट इन्डिजलाई आठ रनले हराएको थियो ।
न्युजिल्यान्डको टोली सन् २००९ मा सम्पन्न पहिलो र सन् २०१० मा सम्पन्न दोस्रो संस्करणको फाइनलमा पुगेर पनि पराजित भएको थियो ।
सन् २००९ को विश्वकपको फाइनलमा घरेलु टोली इङ्ल्यान्डले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो । सन् २०१० मा सम्पन्न विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
महिला टी–२० विश्वकपको इतिहासमा सबैभन्दा कम अन्तरको जितको कीर्तिमान पनि त्यही खेलले बनाएको छ । त्यसयता न्युजिल्यान्डको टोली पहिलो पटक फाइनलमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण