टी–२० क्रिकेट
सोमपालको शानदार बलिङ, नेपाल सामु १ सय ५७ रनको लक्ष्य
सोमबार, ०५ कात्तिक २०८१, ०७ : १८
डालास । साइतेजा मुकामालाको अर्धशतकको मद्दतले अमेरिकाले तेस्रो टी–२० अन्तर्राष्ट्रियमा नेपालसामु १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको हो ।
टोलीका लागि मुकामालाले ५१ बलमा ६८ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र २ छक्का प्रहार गरे । मिलिन्द कुमारले ३५ बलमा ४३ रनको योगदान दिए । एरन जोन्सले १३ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले पुनः शानदार प्रदर्शन गरे । कामीले ४ ओभर बलिङ गर्दै मात्र २७ रन खर्चिएर ३ विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट लिए ।
तीन खेलको शृङ्खलामा नेपालले यसअघि नै कब्जा जमाइसकेको छ । पहिलो दुई खेल नेपालले आफ्नो पक्षमा पारेको थियो । आजको खेल जित्दै क्लिन स्विप गर्ने नेपालको लक्ष्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण