टी–२० क्रिकेट
सोमपालको शानदार बलिङ, नेपाल सामु १ सय ५७ रनको लक्ष्य
सोमबार, ०५ कात्तिक २०८१, ०७ : १८

डालास । साइतेजा मुकामालाको अर्धशतकको मद्दतले अमेरिकाले तेस्रो टी–२० अन्तर्राष्ट्रियमा नेपालसामु १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको हो ।
टोलीका लागि मुकामालाले ५१ बलमा ६८ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र २ छक्का प्रहार गरे । मिलिन्द कुमारले ३५ बलमा ४३ रनको योगदान दिए । एरन जोन्सले १३ रन जोडे ।
नेपालका लागि सोमपाल कामीले पुनः शानदार प्रदर्शन गरे । कामीले ४ ओभर बलिङ गर्दै मात्र २७ रन खर्चिएर ३ विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट लिए ।
तीन खेलको शृङ्खलामा नेपालले यसअघि नै कब्जा जमाइसकेको छ । पहिलो दुई खेल नेपालले आफ्नो पक्षमा पारेको थियो । आजको खेल जित्दै क्लिन स्विप गर्ने नेपालको लक्ष्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन