मोटरसाइकलसहित लाखौँको सामान बरामद
सोमबार, ०५ कात्तिक २०८१, ०७ : ४२
रौतहट । सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल सहित लाखौँ रुपैयाँ मूल्य भन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गौर र मातहतका युनिट बाट खटिगएको गस्ती टोलीले जिल्लाको विभिन्न नाका हुँदै तस्करहरूले भित्र्याएको ५ लाख ३४ हजार ३७७ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँका अनुसार टोलीले १ लाख ९० हजार,६५५ बराबरको लत्ताकपडा, १ लाख ८५ हजार ३२२ बराबरको किराना तथा ड्राई फ्रुट्स, १ थान मोटरसाइकल लगायत उक्त परिमाण बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। बरामद सामानहरू आइतबार आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण