मोरङको प्रहरी इन्चार्जमा सरुवा भएका राजन लिम्बुको काज रद्द, चिमरियालाई पठाउने निर्णय
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा पुनः एसपी नारायण चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको छ । कार्तिक २ मा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाउने निर्णय गरेको थियो । तर, ३ दिनमै सो निर्णय रद्द गरेर चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि मोरङमा कार्यरत एसपी नवराज कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा झिकाइएको थियो । उनीमाथि आर्थिक अपचलन गरेको आरोपमा छानबिन भइरहेको छ । कार्की नवराज कार्की २०८० फागुन २ मा मोरङ गएका थिए ।
चिमरिया सुनसरीस्थित दङ्गा नियन्त्रण गणमा कार्यरत थिए । राजन लिम्बुलाई मोरङ पठाउन नेपाल कांग्रेसका नेताहरू असहमत भएका छन् । लिम्बु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा उनको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) थिए ।
उनी ताप्लेजुङको इन्चार्ज हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले उनलाई धम्की दिएका थिए । त्यसबेलादेखि नै उनीसँग कोशी प्रदेशको कांग्रेस नेतृत्व उनीसँग असन्तुष्ट रहेको प्रहरी अधिकारीहरू बताउँछन् । आइतबार काज सरुवा भएका चिमरिया प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा स्थानीय हुन् । उनी पनि प्रहरी भित्र एमालेप्रति उदार अधिकृत मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण