क्रिप्टो कारोबारीसँग एसपीले रकम लिएको इन्स्पेक्टरको बयान, छानबिन गर्न समिति गठन
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की आर्थिक अनियमिततामा मुछिएका छन् । आर्थिक विवाद आएपछि प्रहरी प्रधान कार्यालयले उनलाई फिर्ता बोलाएर एसपी नारायणप्रसाद चिमरियालाई मोरङ पठाएको छ ।
२०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका हुन् । उनले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ । क्रिप्टोको कारोबारीको सूचना लिएर पक्राउ नगर्ने र मुद्दा नचलाउने शर्तमा कार्कीले २२ लाख रकम बुझेको आरोप छ ।
क्रिप्टो कारोबार गर्नेसँग रकम बुझ्न उनले जिप्रकामा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराईलाई पठाएको प्रदेश प्रहरी कार्यालयले गरेको प्रारम्भिक छानबिनबाट थाहा भएको छ । छानबिनका लागी निगरानीमा राखिएका इन्स्पेक्टर भट्टराईले आफूले रकम लिएर कार्कीलाई बुझाएको ‘साबिति बयान’ दिएका छन् ।
घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा समिति गठन गरिएको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले रातोपाटीलाई बताए । खापुङले भने, ‘छानबिन समितिले काम गरिरहेको छ, प्रतिवेदन आएपछि मात्रै तथ्य थाहा हुन्छ ।’
छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउतलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको छ ।
घटना बाहिरिएसँगै छानबिन गर्न गठित समितिले एकजना बिचौलियाबाट ३ लाख रुपैयाँ बरामद गरेको छ । सो रकमबारे अनुसन्धान भइरहेको छानविनमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण