न्यायालय सुधारमा ध्यान दिनेछु : प्रधानन्यायाधीश राउत
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको सुधारमा मुख्य ध्यान दिने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनियुक्त प्रधानन्यायाधीश राउतलाई आज ‘बधाई तथा शुभकामना’ कार्यक्रममा प्रधान न्यायाधीश राउतले न्यायालयको सुधारमा पूर्ण ध्यान दिने बताएका हुन् ।
“न्यायपालिकाको सुधारका क्रम रोकिने छैन, मेरो पहिलो प्राथमिकता न्यायापालिकाको सुधार हुनेछ”, प्रधान न्यायाधीश राउतले भने, “न्यायपालिकालाई पारदर्शी र जवाफदेही बनाउन सदा प्रतिबद्ध छु, त्यो मेरो संवैधानिक जिम्मेवारी र दायित्व हो, म निष्ठापूर्वक काम गर्नेछु ।”
न्यायालयप्रति जनताको जनआस्था र विश्वास फर्काउने प्रयत्न गर्ने र तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन प्रतिवेदनको प्रावधान कार्यान्वयन हुन बाँकी रहेका विषयमा पनि कार्यान्वयनका लागि आफूले ध्यान दिने स्पष्ट पारे ।
प्रधान न्यायाधीश राउतले नागरिककको अभिव्यक्ति स्वतन्त्रताप्रति सचेत रही समग्र देश, जनता र संविधानको कार्यान्वयन गर्न इमान्दारपूर्वक काम गर्ने बताए । सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त रहेकाप्रति उनले भने, “न्यायाधीश बिना न्यायालय चल्न सक्दैन, त्यो प्राथमिकतामा रहनुपर्ने विषय हो, त्यो छिट्टै हुनेछ ।”
नवनियुक्त प्रधान न्यायाधीश राउतलाई मञ्चका अध्यक्ष कालिका खड्कासहितको पदाधिकारी तथा कानुन रिपोटिङ गर्ने सम्पूर्ण पत्रकारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण