नेसपाको विधान मस्यौदामाथि १० समूहमा छलफल, प्रत्येक समूह नेतालाई १० मिनेटको समय

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)को प्रथम विधान अधिवेशनको बन्दसत्रमा पार्टीको घोषणापत्र र विधान मस्यौदामाथि छलफल जारी रहेको छ ।
पोखरा सभागृहमा सोमबारदेखि सुरु भएको अधिवेशनमा दुवै दस्ताबेजमाथि छलफल गर्न १० वटा समूह बनाइएको केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए ।
‘विधान मस्यौदा र घोषणापत्रबारे अहिले १० वटा समूह बनाएर छलफल भइरहेको छ । समूह प्रदेश अनुसार नबनाई सबैलाई मिसाउने गरी खुला गरिएको छ । पूर्वदेखि पश्चिमसम्म सबैलाई मिलाएर समावेशी बनाइएको छ । बेलुका ७ बजेसम्म छलफल भएपछि भोलि बिहान ८ बजेबाट प्रत्येक समूहका दुई/दुई जनाले घोषणापत्र र मस्यौदामाथि टिप्पणी राख्नुहुन्छ । प्रत्येकलाई १०/१० मिनेटको समय दिइएको छ’, रातोपाटीसँग पोखरेलले भने ।
बन्दसत्र सुरु हुनुअघि अधिवेशनको उद्घाटन संयोजक भट्टराईले गरेका थिए । बन्दसत्रमा घोषणापत्र वाचन विधान मस्यौदा समितिको संयोजक समेत रहेका डा. जनक साहले गरेका थिए ।
विधान मस्यौदाको वाचन प्रवक्ता कृष्ण शर्माले गरेका थिए । सबै समूहबाट आएका सुझाव र सल्लाहलाई दुवै दस्ताबेज पारित भएपछि अधिवेशन सम्पन्न हुनेछ ।
पार्टी दुई पटक विभाजन भएपछि नेसपाले पहिलो पटक विधान अधिवेशन गरेको हो । आगामी माघमा नेसपाको महाधिवेशन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू