नेसपाको विधान मस्यौदामाथि १० समूहमा छलफल, प्रत्येक समूह नेतालाई १० मिनेटको समय
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)को प्रथम विधान अधिवेशनको बन्दसत्रमा पार्टीको घोषणापत्र र विधान मस्यौदामाथि छलफल जारी रहेको छ ।
पोखरा सभागृहमा सोमबारदेखि सुरु भएको अधिवेशनमा दुवै दस्ताबेजमाथि छलफल गर्न १० वटा समूह बनाइएको केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए ।
‘विधान मस्यौदा र घोषणापत्रबारे अहिले १० वटा समूह बनाएर छलफल भइरहेको छ । समूह प्रदेश अनुसार नबनाई सबैलाई मिसाउने गरी खुला गरिएको छ । पूर्वदेखि पश्चिमसम्म सबैलाई मिलाएर समावेशी बनाइएको छ । बेलुका ७ बजेसम्म छलफल भएपछि भोलि बिहान ८ बजेबाट प्रत्येक समूहका दुई/दुई जनाले घोषणापत्र र मस्यौदामाथि टिप्पणी राख्नुहुन्छ । प्रत्येकलाई १०/१० मिनेटको समय दिइएको छ’, रातोपाटीसँग पोखरेलले भने ।
बन्दसत्र सुरु हुनुअघि अधिवेशनको उद्घाटन संयोजक भट्टराईले गरेका थिए । बन्दसत्रमा घोषणापत्र वाचन विधान मस्यौदा समितिको संयोजक समेत रहेका डा. जनक साहले गरेका थिए ।
विधान मस्यौदाको वाचन प्रवक्ता कृष्ण शर्माले गरेका थिए । सबै समूहबाट आएका सुझाव र सल्लाहलाई दुवै दस्ताबेज पारित भएपछि अधिवेशन सम्पन्न हुनेछ ।
पार्टी दुई पटक विभाजन भएपछि नेसपाले पहिलो पटक विधान अधिवेशन गरेको हो । आगामी माघमा नेसपाको महाधिवेशन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण