बाढीलाई बेवास्ता गर्दा बढी क्षति व्यहोर्नुपर्यो : प्रमुख महर्जन
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढी आउँछ भन्ने पूर्वसूचनापछि पनि लापरबाही गर्दा बढी क्षति व्यहोर्नुपरेको बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित गत असोज ११ र १२ गते आएको बाढीका कारण नदी किनारमा थुप्रिएको फोहोरमैला सरसफाइ सम्बन्धी तयारी बैठकमा बोल्दै बोल्दै उनले मेट्रोलोजिकल डिपार्टमेण्टले बाढी आउँदैछ भन्ने पूर्वसूचना दिएपछि लापरबाही गर्दा बढी क्षति भएको बताएका हुन् । उनले असोज ११ र १२ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीका कारण ललितपुरमा ठुलो जनधनको क्षति भएको बताए । पूर्वानुमानअनुसार सूचना प्रवाह गरेको भएपनि त्यसलाई सजगतापूर्वक नलिइएकाले बढी क्षति भएको उनको भनाइ छ । उनले भूकम्प आउँछ भनेर सावधानी अपनाउने तर वर्षैपिच्छे आउने बाढीमा सावधानी नअपनाउँदा बढी क्षति व्यहोर्नुपरेको बताए ।
मेयर महर्जनले २०३८ सालको असोज १३ गतेपछि ललितपुरमा हालसम्मकै ठुलो बाढी आएको बताए । बाढीले थुपारेको फोहोर सरसफाईमा वडाहरुले चासो नदिएको भन्दै उनले सरसफाईमा जोड दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण