आफ्नै सन्तान नभएकोमा भावुक भए अनुपम खेर
मुम्बई । अनुपम खेरले अभिनेत्री किरण खेरसँग सन् १९८५ मा विवाह गरेका थिए । त्यतिबेला दुवैको प्रेम जीवनको निकै चर्चा भएको थियो । हालै अनुपमले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् ।
उनले आफ्नो नाम किरण खेरका छोरा सिकन्दर खेरलाई दिए पनि कहिलेकाहीँ आफूलाई आफ्नै छोराछोरीको कमी महसुस हुने स्वीकार गरेका हुन् ।
वास्तवमा, एक पोडकास्टमा अनुपम खेरलाई सोधिएको थियो– के तपाईंलाई आफ्नो बच्चा नभएकोमा कमी महसुस हुन्छ ? यसबारे अनुपमले भने, ‘अवश्य पनि मेरो आफ्नै सन्तान नहुँदा कमी महसुस हुन्छ । यो पहिले भएको थिएन, तर पछिल्ला ८-१० वर्ष देखि म एक्लो महसुस गर्दैछु। म सिकन्दरसँग धेरै खुसी छु। तर मेरो आफ्नै छोराछोरी सानोदेखि ठुला हुँदै गएको देखेको भए सायद त्यो खुसी अर्कै हुने थियो । म यो कुरा इमानदारीपूर्वक भन्दै छु। तर यो मेरो जीवनमा दुखद घटना होइन।’
अनुपम खेरले थप भने, ‘म मेरो जीवनमा धेरैजसो समय व्यस्त थिएँ, तर अहिले ५०–५५ वर्षको उमेरमा मलाई एक शून्यता महसुस भएको छ । यो पनि भयो किनकि किरण र सिकन्दर आ-आफ्नो जीवनमा व्यस्त थिए।’
अनुपमले आफ्नो पहिलो पत्नी मधुमालती र किरणले श्रीमान् व्यापारी गौतम ब्यारीसँग सम्बन्धविच्छेद गरेपछि सन् १९८५ मा विवाह गरेका थिए । दुवैले विवाह गर्दा किरणका छोरा सिकन्दर चार वर्षका थिए ।
_ganYpYoJxY.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण