साढे २० लाख कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत
काठमाडौँ । देशभर साढे २० लाखभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २० लाख ५० हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका हुन् ।
देशभर ४० लाख ३० हजार कृषक घरधुरीमध्ये २० लाख ५० हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएको मन्त्रालयले जनाएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले गत भदौ ९ गते सय दिनको कार्ययोजना सार्वजनिक गर्दा असोज मसान्तसम्ममा ३ लाख किसान सूचीकरण गर्ने बताएका थिए । तर असोज १० गतदेखि तीन दिनसम्म परेको वर्षाले ल्याएको बाढी, पहिरो र डुबानका कारण मन्त्रालयले लक्ष्य अनुसार काम गर्न नसकेको सोमबार पत्रकार सम्मेलनमा बताएका छन् ।
महिना दिनमा १ लाख ३५ हजार मात्र किसान सूचीकरण भएको उनको भनाई छ । किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा, सुविधा र अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणाली मार्फत कृषक घरधुरी सूचीकृत भएको गरिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण