काठमाडौँमा अब वर्षायाममा पनि मेलम्चीको पानी आउने व्यवस्था हुन्छ : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम सुरु गरेको बताएका छन् । सो पानीको मुहानमा नयाँ हेडवक्स निर्माण कार्य सुरु गरेर सरकारले वर्षायाममा मेलम्ची खानेपानी काठमाडौँ नआउने अवस्था अन्त्य गर्ने कामको सुरुवात गरेको उनले बताएका हुन् ।
मंगलबार अपराह्न सिंहदरबारमा आफूले सम्पादन गरेका सय दिनको मुख्यमुख्य कार्यहरू सार्वजनिक गर्नेक्रममा मन्त्री यादवले पानी वर्षातमा पनि वितरण हुनेगरी नयाँ हेडवक्स निर्माण कार्य सुरु गरिएको बताए । उनले आफूले गत वर्ष माघ मात्रै ल्याउन सफल भएको मेलम्चीको पानी यस वर्ष दसैँ अगावै ल्याउने काममा सफलता हात पारेको दाबी समेत गरे ।
मन्त्री यादवले मन्त्रालयले सुन्दरीजलमा दैनिक २२ करोड ५० लाख लिटरको नयाँ पानी प्रशोधन केन्द्रको निर्माणको काम पनि अघि बढाएको बताए ।
उनले भने,‘मेलम्चीका जनतालाई विश्वास दिलाएर, त्यहाँका जनप्रतिनिधिलाई विश्वास दिलाएर हामीले मेलम्चीको पानी काठमाडौँमा ल्याएका छौँ । त्यो पनि समय भित्र ल्याएका छौँ । गत वर्ष माघ १ गते पानी आएको हो नि काठमाडौँमा । हामीले भनेका थियौँ । मैले पार्लिमेन्टमा पनि बोलेको थिएँ–असोजमा पानी ल्याउँछु भनेर । तर पत्याउने संख्या न्यून थियो । पानी ल्याउँछ कि ल्याउँदैन भन्ने विश्वास नै थिएन । हावा बोलेको हो कि पनि भन्थे । प्रतिक्रियाहरू त्यस्तै थियो । तर हामीले हावामा बोलेको थिएनौ । मैले प्रमाणित गरेर देखाए कि खानेपानी मन्त्रालय जे बोल्छ, त्यो गर्छ ।’
मन्त्री यादवले स्रोत, साधन र जनशक्तिको अभावमा खानेपानी व्यवस्थापनको काम चुस्त हुन नसकेको तथ्य स्मरण गराउँदै आम नागरिकलाई स्वच्छ पानी खुवाउने काममा सरकार प्रतिबद्ध भएर लागि परेको बताए । उनले विपद्ले अवरुद्ध पारेका पानेपानी सुचारु गराउने काममा पनि आफू लागि परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण