अन्तरिक्षमै टुक्रियो बोइङको स्याटलाइट
वासिङ्टन । अमेरिकी एरोस्पेश कम्पनी बोइङ्को स्याटलाइट अन्तरिक्षमा टुक्रिएको छ । उक्त स्याटलाइट सञ्चालक इन्टेल्स्याटका अनुसार आईएस–३३ई टुट्दा यूरोप अफ्रिका र एसिया प्रशान्त क्षेत्रका कयौं उपभोक्ताहरू प्रभावित बनेका छन् । आफूले यस घटनाको विस्तृत विश्लेषण पूरा गर्न पहल गरेको इन्टेलस्याटले भनेको छ ।
यतिबेला बोइङले कयौं समस्या भोगिरहेको छ । कम्पनीको व्यावसायिक विमान व्यवसायमा व्यापक हड्ताल भइरहेको छ भने स्टारलाइनर अन्तरिक्ष यानमा समस्या पनि भोग्नु पर्यो । आफूहरूले स्याटलाइट निर्माणकर्ता कम्पनी बोइङसँग कुरा गरिरहेको र सरकारी एजेन्सीहरूलाई डेटा र निरीक्षणको विश्लेषण गर्न अनुरोध गरेको इन्टेल्स्याटले भनेको छ ।
यस घटनाबारे बोइङ्ले सिधैं कुनै पनि प्रतिक्रिया दिएको छैन । आफूहरूले स्याटलाइटका २० टुक्राको ट्र्याक राखिरहेको अमेरिकी अन्तरिक्ष बलले भनेको छ । बोइङको स्टारलाइनर क्याप्सुलमा समया देखिएयता जुनको मध्यदेखि यता २ जना अमेरिकी अन्तरिक्षयात्री अलपत्र परेका छन् ।
जाँदा साथै लिएर गएको अन्तरिक्षयात्रीहरूलाई नलिइकन समस्याग्रस्त यान केही हप्ताअघि रित्तै पृथ्वी फर्किएको थियो । कम्पनीको विमान बनाउने एकाइका ३० हजार भन्दा कर्मचारी तलब वृद्धिको माग सहित एक महिनाभन्दा बढी समययता हडतालरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण