बाइडेनले भने– ट्रम्पलाई थुनेर राख्नुपर्छ
वासिङ्टन डिसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प उठेका छन् । चुनावको दिन नजिकिँदै गर्दा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबिच घम्साघम्सी चलिरहेको छ । यस्तैमा वर्तमान राष्ट्रपति जो बाइडेनले मंगलबार ट्रम्प प्रजातन्त्रका लागि खतरा भएको भन्दै ‘राजनीतिक रूपमा’ उनलाई थुनेर राख्नुपर्ने बताएका छन् ।
न्यु ह्याम्प्सायरको कनकर्डस्थित पार्टीको चुनावी अभियान कार्यालयमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘हामीले उनलाई थुनेर राख्नै पर्छ,’ बाइडेनले भने ‘उनलाई राजनीतिक रूपमा थुनेर राख्नु पर्छ । हो हामीले यस्तै गर्नु पर्छ ।’ ट्रम्प अमेरिकी संविधानको सुरक्षालाई बेवास्ता गरेको उनको भनाई थियो । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराए भने अमेरिकामा प्रजातन्त्र नै धरापमा पर्ने पनि उनले बताए ।
सन् २०१६ को चुनावी र्यालीहरूमा ट्रम्पले बारम्बार आफ्नो प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई थुनेर राख्नु पर्छ भनेर भनेका थिए । पोर्न स्टारलाई चुप लगाउन पैसा दिएको मामिलामा ३४ वटा अभियोगमा ट्रम्प दोषी भेटिएका थिए । यस पटकको चुनावी र्यालीमा ह्यारिसका समर्थकहरूले पनि ट्रम्पलाई थुनेर राख्नु पर्छ भनेर बारम्बार भनेको सुनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण