बाइडेनले भने– ट्रम्पलाई थुनेर राख्नुपर्छ

वासिङ्टन डिसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प उठेका छन् । चुनावको दिन नजिकिँदै गर्दा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबिच घम्साघम्सी चलिरहेको छ । यस्तैमा वर्तमान राष्ट्रपति जो बाइडेनले मंगलबार ट्रम्प प्रजातन्त्रका लागि खतरा भएको भन्दै ‘राजनीतिक रूपमा’ उनलाई थुनेर राख्नुपर्ने बताएका छन् ।
न्यु ह्याम्प्सायरको कनकर्डस्थित पार्टीको चुनावी अभियान कार्यालयमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘हामीले उनलाई थुनेर राख्नै पर्छ,’ बाइडेनले भने ‘उनलाई राजनीतिक रूपमा थुनेर राख्नु पर्छ । हो हामीले यस्तै गर्नु पर्छ ।’ ट्रम्प अमेरिकी संविधानको सुरक्षालाई बेवास्ता गरेको उनको भनाई थियो । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराए भने अमेरिकामा प्रजातन्त्र नै धरापमा पर्ने पनि उनले बताए ।
सन् २०१६ को चुनावी र्यालीहरूमा ट्रम्पले बारम्बार आफ्नो प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई थुनेर राख्नु पर्छ भनेर भनेका थिए । पोर्न स्टारलाई चुप लगाउन पैसा दिएको मामिलामा ३४ वटा अभियोगमा ट्रम्प दोषी भेटिएका थिए । यस पटकको चुनावी र्यालीमा ह्यारिसका समर्थकहरूले पनि ट्रम्पलाई थुनेर राख्नु पर्छ भनेर बारम्बार भनेको सुनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा थप पाकिस्तानी कलाकारको इन्टाग्राम खाता ब्लक
-
गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छ : डा.अञ्जान शाक्य
-
जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु
-
‘एल क्लासिको’ अघि बार्सासँग दुरी घटायो रियलले
-
तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
-
गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी