जब राजामौलीको फोनले प्रभासको बिहे रोकियो
हैदराबाद । भारतीय सुपरस्टार प्रभासको आज ४५ औं जन्मदिन हो । प्रभासको जन्म २३ अक्टोबर १९७९ मा, दक्षिणका लोकप्रिय निर्माता उप्पलापति सूर्य नारायणको घरमा छोराको जन्म भएको थियो।
तीन दाजुभाइमध्ये कान्छो छोरा रहेका प्रभासको पूरा नाम उप्पलापति वेंकट सूर्यनारायण प्रभास राजु हो। प्रभासले आफ्नो स्कुलिङ चेन्नईमा गरे र त्यसपछि हैदराबादको नालंदा कलेजबाट स्नातक गरे। त्यसपछि उनले हैदराबादको श्री चैतन्य कलेजबाट बीटेक गरे।
प्रभासबारे एउटा रोचक किस्सा छ । भनिन्छ, सन् २०१२ मा निर्देशक राजामौलीको अफरका कारण उनको विवाह रोकिएको थियो ।
त्यतिबेला उनकी आमाले उनलाई विवाह गर्ने इच्छा देखाइन् । करियरको राम्रो चरणमा रहेका प्रभासले पनि बिहेको लागि ‘हुन्छ’ भनेका थिए ।
आमाले विवाहका लागि केटी हेर्न थालिसकेकी थिइन् । यसैबिच एक दिन निर्देशक राजामौलीले प्रभासलाई फोन गरे। राजामौलीले प्रभासलाई फिल्म ‘बाहुबली’ अफर गर्दै ५ वर्षको समय मागे ।
प्रभासलाई यो फिल्मको स्क्रिप्ट यति मन पर्यो कि उनले आफ्नो विवाहको योजना रद्द गरे र राजामौलीको प्रस्ताव स्वीकार गरे। प्रभासभन्दा पहिले राजामौलीले ऋतिक रोशनलाई यो फिल्म अफर गरेका थिए ।
यो अवधिमा उनले अरू कुनै फिल्म साइन गरेनन् । कुनै पनि विज्ञापन प्रस्तावसमेत स्वीकार गरेनन्।
फिल्मको बारेमा प्रभासले एकपटक भनेका थिए कि उनले राजामौली र उनको फिल्म ‘बाहुबली’का लागि ७ वर्ष पनि दिन सक्थे । ‘बाहुबली’ निर्देशक राजामौलीले एक अन्तर्वार्तामा फिल्मको सुटिङका क्रममा प्रभासले आर्थिक सङ्कटको सामना गर्नुपरेको पनि सुनाएका थिए ।
त्यतिबेला यो फिल्म बाहेक उनको कमाइको अर्को कुनै स्रोत थिएन । तर, २०१५ मा यो फिल्म रिलिज भएपछि प्रभासको जीवनमा पूर्ण परिवर्तन आयो । यो फिल्मले उनलाई पहिलो पान इन्डिया स्टार बनायो।
यो फिल्म रिलिज भएपछि प्रभासलाई देशभरबाट ६ हजार विवाहको प्रस्ताव आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण