अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोपबारे बेलायतको लेबर पार्टीले दियो यस्तो जवाफ
लन्डन । अमेरिकाको राष्ट्रपति चुनावलाई लिएर बेलायतको लेबर पार्टीमाथि लगाइएको आरोपको एक बेलायती मन्त्रीले जवाफ दिएका छन् । निजी रुपमा जनतासँग आफ्नो पैसा र समय कसरी प्रयोग गर्ने भन्ने निर्णय गर्ने अधिकार भएको बेलायत सरकारका वातावरणमन्त्री स्टिभ रीडले बीबीसी कार्यक्रम बीबीसी ब्रेकफास्टमा भने ।
‘जनतामाथि निर्भर हुन्छ, कुनै देशमा एक दलका समर्थकले अर्काे देशमा अर्को पार्टीको प्रचारप्रसार गर्न जानु नयाँ कुरा पनि होइन । यो दुवैतर्फ हुन्छ र विश्वका कयौँ देशमा यस्तो भइरहेको छ’ उनले भनेका छन् । तर यीमध्ये कुनै पनि कार्यक्रम लेबर पार्टीको नभएको, जनताले निजी रूपमा यस्तो गरिरहेको र यसो गर्न उनीहरू स्वतन्त्र भएको पनि उनले बताए ।
अमेरिकाका पूर्व राष्ट्रपति र आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको लेबर पार्टीविरुद्ध अमेरिकी संघीय निर्वाचन आयोग (एफईसी)मा उजुरी दिएको छ । यस गुनासोमा लेबर पार्टीसँग सम्बद्ध व्यक्ति कमला ह्यारिसको प्रचारका लागि अमेरिका गएको भन्दै स्थानीय पत्रपत्रिकाहरूले समाचारमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण