बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउँछौँ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्मयन्त्री बहादुरसिंह लामाले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउने बताएका छन् । उनले आयोजना बैंक स्थापना र प्रभावकारी कार्यान्वयन गरेर बजेट विनियोजनको तयारी भइरहेको बताए ।
बुधबार मुख्यमन्त्री लामाले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालसँग कार्यसम्पादन करार सम्झौता गर्दै आयोजना बैंक स्थापना तथा सञ्चालनलाई प्रभावकारी बनाउन निर्देशन समेत दिए । उनले प्रदेश सरकारलाई नागरिकसम्म जोड्ने र पलदायी योजनाहरू छनौट तथा कार्यक्रम कार्यान्वयनमा सघाउन आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मुख्यमन्त्री लामाले वार्षिक स्वीकृत कार्यक्रमका अलावा प्रदेश सरकारलाई आवश्यक तथ्यांक संकलन तथा सुझावहरू उपलब्ध गराएर नीति आयोगले प्रदेशको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । नयाँ र फरक ढंगका उत्पादन र रोजगारीमा केन्द्रित हुने गरी आयोगले योजना निर्माण तथा बजेट विनियोजनमा सघाउन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण