रास्वपाको आन्दोलनप्रति लोसपाको ध्यानाकर्षण
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि सो पार्टीका नेता तथा कार्यकर्ताले गरेको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका प्रवक्ता अभास लाभले बुधवार एक विज्ञप्ति जारी गर्दै संसद्ले गठन गरेको संसदीय समितिको प्रतिवेदन कार्यान्वयनको छानबिन र अभियोजनलाई प्रभावित पार्ने ढंगले रास्वपा लगायतका अन्य संस्था र व्यक्तिको तर्फबाट भइरहेको असामाजिक, अमर्यादित र अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
रास्वपाकै सांसदहरूको सहभागिता रहेको संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनलाई सो पार्टीका नेताहरूले प्रभावित गर्न खोजेको आरोप लोसपाले लगाएको छ ।
कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र कार्यान्वयनलाई स्वतन्त्र, निष्पक्ष र सर्वसम्मत बनाई फौजदारी अभियोगविरुद्ध न्याय निरूपण गर्न गराउन सबै नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै लोसपाले राजनीतिक दल, संघ–संस्था, सरकारी निकाय, सञ्चार जगत एवं आम नागरिकले निष्पक्ष रूपमा लाग्नुपर्ने राष्ट्रिय सार्वभौमिक अपरिहार्यता रहेको लोसपाले उल्लेख गरेको छ ।
राष्ट्रसेवकलाई कानुन बमोजिम तोकिएको काम गर्न नदिने वा कर्तव्य पालना गर्न निरुत्साहित गर्न कुनै पनि असामाजिक गतिविधि र क्रियाकलापलाई तत्काल रोक्न सम्बन्धित निकायलाई लोसपाले ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण