प्रतिदिन १० लाख डलर पुरस्कार दिने मस्कको योजनाविरुद्ध सरकारको चेतावनीसहितको पत्र
वासिङ्टन । अमेरिकी न्याय विभागले एलोन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनीसहितको पत्र पठाएको छ। विभागले ट्रम्पको समर्थनमा रहेको मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो ।
मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा भनिएको छ । विभागले पत्र पठाएको बीबीसी सम्बद्ध सीबीएस न्युजले पुष्टि गरेको छ। मस्कको चुनावी अभियानलाई पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो।
मस्कको अभियानले अमेरिका पीएसीको यो पुरस्कार योजनामा सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा याचिकामा हस्ताक्षर गर्न अपिल गरेको छ। चुनाव नहुँदासम्म प्रत्येक दिन उक्त याचिकामा हस्ताक्षर गर्ने एक व्यक्तिलाई एक मिलियन अमेरिकी डलर दिइनेछ।
केही कानुनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने पहिल्यै बताएका थिए। अक्टोबर १९ मा, चिट्ठाको पहिलो चेक पेन्सिलभेनियामा आयोजित एक कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण