साथीहरू प्लेन किन्ने सोच्दै नसोच्नुस् भन्नुहुन्छ, तर त्यसको उपाय छैन : पर्यटनमन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपालको हवाई सेवाको सुनिश्चितताको लागि नयाँ जहाज थप्नुको विकल्प नभएको बताएका छन् । कार्यभार सम्हालेको एक सय दिन पूरा भएको अवसरमा मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पाण्डेले प्रत्येक प्रदेशमा एक/एक जहाज ट्वीनटर जहाज किन्नुपर्ने बताए ।
यसबारे प्रदेशका पर्यटन मन्त्रीहरुसँगको छलफलमा समेत प्रस्ताव राखेको भन्दै उनले प्रत्येक प्रदेशले कम्तीमा एउटा जहाज किन्ने र आफ्नै प्रदेशको नाम राखेर चलाउने प्रस्ताव गरेको बताए । 'त्यसो गरियो भने कुनै पनि विमानस्थलमा जहाज उडाउन समस्या हुन्न' उनले भने ।
त्यस्तै न्यारोबडी र बाइडबडी जहाज कम हुँदा अन्तर्राष्ट्रिय उडान गर्न समस्या भइरहेको भन्दै ती जहाज समेत थप्नुपर्ने उनले बताए । उनले भने, 'अहिले कोरियाको भाडा २ लाख छ, कोरियाबाट दिल्लीको भाडा ८० हजार रहेछ, हामीसँग जहाज नहुँदा यात्रुले महँगो तिर्नु परिरहेको छ ।'
यद्यपि जहाजको अभाव मात्रै कोरिया उडानको बाधक भने नभएको उनको भनाइ छ। कोरियाले नेपालको हवाई सुरक्षासम्बन्धी सेफ्टी अडिट गर्न खोजेको तर नेपालले नमानेको उनले बताए । यो एउटा कारण भए पनि मुख्य कारण जहाज नहुनु नै रहेको मन्त्री पाण्डे बताउँछन् ।
'एउटा सार्वभौम देशको सेफ्टी अडिट अर्को देशले गर्न मिल्ने कि नमिल्ने भन्ने सानो विवाद छ, त्योभन्दा ठुलो समस्या जहाज अभावको हो ' उनले भने ।
आफूलाई जहाज किन्नेतिर सोच्दै नसोच्न सुझाव आए पनि त्यसो गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । 'साथीहरू प्लेन किन्ने सोच्दै नसोच्नुस् भन्नुहुन्छ, तर त्यसको उपाय छैन' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण