पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुन्छः मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका छन् ।
मन्त्रालय सम्हालेको सय दिनमा भएका कामकारबाहीका बारेमा जानकारी दिन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले कानुनी र शान्तिपूर्ण समाधान खोज्ने गरी अध्ययन समिति गठन गरेको र समितिको प्रतिवेदनका आधारमा पशुपति धर्मशाला विवाद छिटै समाधान हुने बताएका हुन् । उनले पशुपति क्षेत्र विकास कोषले मन्त्रालयलाई नै जानकारी नदिई धर्मशाला सञ्चालनको व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरलाई दिएको उल्लेख गरे ।
मारवाडी सेवा समिति पुन अदालत गएकाले अदालतको आदेशलाई पनि सम्मान गर्दै अघि बढ्ने स्पष्ट पारे । त्यस्तै उनले नेपाल वायुसेवा निगमलाई बलियो बनाउनका लागि अध्ययन भइरहेको र निगमलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने जिकिर गरे ।
निगम सञ्चालनका लागि कानुनी वा नीतिगत कमजोरीका साथै प्रशासनिक कमजोरीलाई पनि समाधान गर्ने उनले बताए । उनले आफ्नो सय दिनको कार्यकालमा नेपालको नागरिक उड्डयन क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन काम सुरु गरेको जानकारी दिए ।
हवाई क्षेत्र सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन भएको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान गराउन आवश्यक सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण