रतन टाटाको ७९ अर्ब सम्पत्ति अब के हुन्छ ?

नयाँ दिल्ली । भारतीय अर्ब पति व्यापारी रतन टाटाको मृत्युपछि उनको सम्पत्ति र इच्छापत्रको निकै चर्चा भएको थियो । रतनको निधनपछि उनको सम्पत्ति कसले पाउँछ भन्ने प्रश्न धेरैको मनमा उठेको पनि थियो ।
यस वर्ष अगस्टमा जारी हुरुन इन्डिया रिच लिस्टअनुसार रतन टाटासँग टाटा सन्सको शून्य दशमलव ८३ प्रतिशत शेयर थियो । उनको कुल सम्पत्ति ७९ अर्ब भारु थियो । टाटा सन्समा उनको शेयरको बजार मूल्य करिब १ खर्ब ६७ अर्ब १० करोड भारु अनुमान गरिएको छ ।
रतन टाटाले एउटा इच्छापत्र छोडेका छन् । यसलाई लागू गराउने जिम्मा उनले आफ्ना सौतेनी बहिनी शिरिन, डायना जेजीभोय, वकिल डारियस खम्बाटा र उनका नजिकका साथी मेहली मिस्त्रीलाई दिएका छन् ।
अंग्रेजी पत्रिका इकोनोमिक टाइम्सको समाचारमा यो जानकारी दिइएको हो । समाचारअनुसार रतन टाटाको इच्छापत्रको सबै विवरण सार्वजनिक गरिएको छैन तर उनको सम्पत्तिको ठुलो हिस्सा परोपकारमा जाने निश्चित छ ।
रतन टाटाका विश्वासिलो मित्र मेहली मिस्त्रीले दुई प्राथमिक टाटा परोपकारी संस्थाहरू, सर दोराबजी टाटा ट्रस्ट र सर रतन टाटा ट्रस्टको बोर्डमा ट्रस्टीको रूपमा सेवा गरेकी छिन् । यी दुई ट्रस्टहरू टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको लगभग ५२ प्रतिशत स्वामित्वमा छन् ।
टाटा सन्समा टाटा ट्रस्टको ६६ प्रतिशत शेयर छ । शिरिन र डायना जेजीभोय रतन टाटाकी आमा सुनुका छोरीहरू हुन् । सर जमशेदजी जेजीभोयसँगको दोस्रो विवाहबाट सुनुले यी दुई छोरीलाई जन्म दिएकी थिइन् ।
यी दुवै दिदी बहिनी पनि परोपकारी काममा निरन्तर लागिरहेका छन् । डायनाले यसअघि सन् १९९० र २००० को सुरुमा रतन टाटा ट्रस्टको बोर्डमा ट्रस्टीको रूपमा काम गरेकी थिइन् । टाटाका पूर्व कार्यकारीका अनुसार रतन टाटाको आफ्नै सौतेनी बहिनीहरूसँग घनिष्ठ सम्बन्ध थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप