जर्मनीमा भेटियो एमपक्सको नयाँ भ्यारिएन्ट
बर्लिन । जर्मनीमा एमपक्सको नयाँ भ्यारिएन्ट भेटिएको छ । त्यहाँ क्लेड १ बीबाट सङ्क्रमित पहिलो बिरामी फेला परेका छन् । तर अहिलेसम्म यस भ्यारिएन्टका कारण त्यहाँ कसैको मृत्यु भएको खबर भने आएको छैन ।
त्यहाँको मुख्य जनस्वास्थ्य प्राधिकरण रोबर्ट कोच इन्ष्टिच्यू (आरकेआई)ले यो जानकारी दिएको हो । नयाँ भ्यारिएन्ट सर्वसाधारणमा फैलिहाल्ने जोखिम कम भए पनि संस्थाले यसमाथि कडा निगरानी गरिरहेको बताइएको छ ।
संस्थानले सङ्क्रमणको पहिचान कहिले भयो र बिरामी को हो भनेर चाँहि केही पनि बताएको छैन । अहिले बजारमा उपलब्ध खोप नयाँ भ्यारिन्टविरुद्ध प्रभावकारी रहेको आरकेआईको विश्वास रहेको छ ।
यो वर्षको अगस्टमा स्वीडेनमा अफ्रिकी महाद्विपबाहिर क्लेड १बी एमपक्स भ्यारिएन्टको पहिलो मामिला पुष्टि भएको थियो । अगस्टमा विश्व स्वास्थ्य संगठनले एमपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय मान्दै पब्लिक हेल्थ एमर्जेन्सीको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण