श्रीलंकाको पोस्टमा नेपालको आधा दर्जन गोल, सेमिफाइनलमा प्रवेश
काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार खेलिएको खेलमा नेपाल ६–० गोलले विजयी बनेको हो ।
उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफमा नै ४–० को अग्रता बनाएको थियो । खेलको आठौँ मिनेटमा सबिता राना मगरले नेपाललाई अग्रता दिलाइन् ।
१२ औँ मिनेटमा साबित्रा भण्डारीले टोलीको अग्रता दोब्बर बनाइन् । एक मिनेटपछि रेखा पौडेलले तेस्रो गोल थपिन् । ३६ औँ मिनेटमा पौडेलले व्यक्तिगत दोस्रो गोल गरिन् ।
दोस्रो हाफको सुरुवातमा नै अमिशा कार्कीले टोलीका लागि पाँचौँ गोल गरिन् । रश्मि कुमारी घिसिङले इन्जुरी समयमा छैटौँ गोल गरिन् ।
जितसँगै नेपाल समूह बीबाट विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको छ । यो समूहबाट भुटान उपविजेता बनेको छ ।
नेपाल आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपालले यसअघि खेलिएको खेलमा माल्दिभ्सलाई ११–० गोलको फराकिलो अन्तरले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण