नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर लोकार्पण
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ ।
राजधानीमा आयोजित कार्यक्रममा ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्ने यो नयाँ प्रविधि सार्वजनिक गरियो। यस लोकार्पणले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको हो ।
एनआईएमबी पेवियरले ग्राहकहरूलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न अनुमति दिन्छ, जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउँछ । ग्राहकहरूले कुनै पनि सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षित दैनिक कारोबार गर्न सक्छन्।
नेपाल राष्ट्र बैंकका नियमहरूको पालना गर्दै ५ हजार रुपैयाँभन्दा माथिका सम्पर्करहित भुक्तानीमा अतिरिक्त सुरक्षा उपायको रूपमा पिनको आवश्यकता पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण