मन्त्रिपरिषद् बैठक
शुक्रबार सबै सरकारी कार्यालयमा डेंगु रोकथामको अभियान चलाइने
बिहीबार, ०८ कात्तिक २०८१, २० : २०

काठमाडौँ । सरकारले भोलि (शुक्रबार) १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगुबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको आग्रहमा बढ्दो डेंगु नियन्त्रणका लागि सरसफाइ गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
उनले भने,‘स्वास्थ्य मन्त्रालयको आग्रहमा भोलि शुक्रबार १० बजेभित्र आ–आफ्नो मन्त्रालयसहित सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय भएको छ । डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान चलाउने निर्णय भएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने