मन्त्रिपरिषद् बैठक
सचिवमा विष्टको बढुवा, मन्त्री र कर्मचारीको विदेश भ्रमण स्वीकृत
बिहीबार, ०८ कात्तिक २०८१, २० : २५
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको थियो ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले दुई जना मन्त्रीको विदेश भ्रमण पनि स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । कृषि मन्त्री रामनाथ अधिकारी र महिला मन्त्री नवलकिशोर साह सुडीको कतार र कोलम्बिया भ्रमणको स्वीकृति दिएको हो । त्यस्तै केही कर्मचारीको पनि विदेश भ्रमण स्वीकृत दिएको छ ।
त्यस्तै संघीय मामिला मन्त्रालयको प्रस्तावमा दुई कर्मचारीको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले सेनाका अधिकृतको पदोन्नति पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण