भक्तपुर महोत्सव मंसिर २८ देखि
भक्तपुर । भक्तपुर नगरपालिकाले आउँदो मङ्सिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव २०८१ को आयोजना गर्ने भएको छ । बिहीबार नगरपालिकाले आयोजना गरेको भक्तपुर महोत्सव मूल समितिको छलफलमा समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सवको तयारी सुरु भइसकेको बताए ।
कार्यक्रममा नगरप्रमुख प्रजापतिले भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको मात्र नभई सिङ्गो भक्तपुरका जनताको महोत्सव भएको बताए। प्रमुख प्रजापतिले भने, 'भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २८ देखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव आयाजना गर्दैछौँ, भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगत्मा प्रचार गर्न भक्तपुर महोत्सवको आयोजना गर्न लागेका हौँ ।'
उहाँले महोत्सवले भक्तपुर नगरवासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेसा र व्यवसायीलाई सहयोग हुने अपेक्षा गरिएको बताए। कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीलगायतले भक्तपुर महोत्सवलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण