बाबा सिद्दिकीका छोरा जीशान कांग्रेस छोडेर एनसीपी अजित पवार गुटमा प्रवेश
मुम्बई । बाबा सिद्दिकीका छोरा जिशान सिद्दिकी कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा प्रवेश गरेका छन्। अजित पवारको उपस्थितिमा जीशान सिद्दिकी एनसीपीमा प्रवेश गरेका हुन्।
उक्त अवसरमा जिशानले भने , ‘यो मेरो र मेरो परिवारका लागि भावनात्मक क्षण हो । म अजित पवार, प्रफुल्ल पटेल र सुनील तटकरेलाई धन्यवाद दिन्छु। यो कठिन समयमा उहाँहरूले ममाथि भरोसा देखाउनुभयो। ”
जिशानले थपे, ‘मैले बान्द्रा पूर्वबाट मनोनयन पाएको छु। सबैको माया र साथले यस पटक पनि बान्द्रा पूर्वबाट अवश्य जित्नेछु भन्नेमा म विश्वस्त छु । जिशान यसअघि कांग्रेसको टिकटमा मुम्बईको बान्द्रा पूर्वबाट विधायक बनेका थिए। उनका दिवङ्गत बुबा बाबा सिद्दिकी पनि यसअघि कांग्रेसमा थिए ।
यद्यपि, उनी यस वर्ष जुनमा एनसीपी (अजित पवार गुट) मा सामेल भए। बाबा सिद्दिकीको १२ अक्टोबर राति बान्द्रा क्षेत्रमा गोली हानी हत्या गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण