उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन : मन्त्री यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अधिनायकवादी सोच र सम्झौता गर्ने प्रवृत्तिको कारण पार्टी विभाजन भएको बताएका छन् ।
जसपा निकट संघीय शिक्षक फोरमको पर्सा जिल्ला कार्यसमिति र वीरगन्ज महानगरपालिका कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जसपा नेपालको नेतृत्वले अधिनायकवादलाई प्रश्रय दिने, धोका दिने बानी बसालेकाले पार्टी विभाजन भएको बताएका हुन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताको लोभमा मधेससँग दर्जनौँ पटक धोका गरेको आरोप लगाउँदै उनले पार्टीमाथि तानाशाह जस्तो एकलौटी शासन गरेको कारण आफूहरू अलग भएको बताए ।
मन्त्री यादवले मधेसमा मात्र सीमित रहने योजना नभएको भन्दै जसपा समग्र नेपालमा स्थायी रूपले स्थापित हुने दाबी गरे । पर्सा जिल्लामा मात्र नभई मधेसभरि जसपा नेपालको छिट्टै अन्त्य हुने दाबी गर्दै उनले जसपा नेपाल विभाजन हुनु अनिवार्य रहेको बताए । जसपा नेपालको वर्तमान नेतृत्वले मधेसको मुद्दालाई कमजोर बनाउँदै आएको उनले दाबी गरे ।
मन्त्री यादवले पर्सामा शिक्षक फोरमको नयाँ नेतृत्वले जसपा पार्टीलाई पनि अझ सशक्त बनाउने विश्वास लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण