म कवि होइन !
म भुईँ मान्छे
मसँग भुईँको कथा छ
मसँग माटोको कथा छ
मसँग पिडाको अथाह कथा छ
मसँग वियोगान्त विरहको कथा छ
मसँग अनुभूति गर्न नसकिने जन्मको कथा छ
मसँग अनुभव गर्न नमिल्ने मृत्युको पनि कथा छ
मसँग आजसम्म बाँच्दै आएको जिन्दगीको कथा छ
सबै -सबै कथा हरूलाई
कथा र कविता बनाएर पस्किन सक्दिन
किनभने-
म कवि होइन
म कथाकार होइन ।
सभ्यता–सौन्दर्य मोहित कविले जसरी
म मेरो मनको कुरा
भाव हालेर
अक्षरका मिलेको लस्कर बनाई
छन्द र गद्य हरफमा मिलाउन सक्दिन
म आलोकाँचो अपरिपक्व
अक्षरलाई सत्य प्रेम गर्ने अनुयायी मात्रै हुँ
जान्ने कुशल कवि भएको भए
लेख्ने थिए कविले जसरी
सौन्दर्यलाई रङ भरेर कविता, पक्कै !
ती कविता हुन्थ्यो होला
हराभरा बन-पाखाको
अटुट बग्ने नदी र झर्नाको
कहिल्यै ननिदाउने हिमाल र पहाडको
छुन नसक्ने आकाशको
पुगेर छुन नसकिने घाम को
तर, म सक्दिन त्यसरी लेख्न
जसरी लेख्छन् एउटा सिपालु कविले
किनकि म-
-लेख्न जान्ने कवि होइन ।
जानी-नजानी
बाध्यता पूर्वक लेख्नु परेको पनि होइन
विकृत समयले जन्माएको
विडम्बना र विसंगत कविता
देशको विषम परिस्थितिको
सौन्दर्य र रसविहीन कविता
अशान्त वा बीभत्स रसले भरेर
आँसु र रगतको कविता
भग्नावशेष देशको आततायी आतङ्कित कविता
चाणक्य राजनीतिले जन्माएको
माफिया राजले थिचिएर
घाइते भएको जनताको वियोगान्त कविता
बस् -
साहित्य अनुरागीको नाताले
जानी नजानी अक्षर हरूको हुललाई
मनको कसौँडी बाट पस्कन
गरेको कोसिस मात्रै हो
हो,म कविता लेख्न सक्ने
कवि होइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण