इंग्ल्याण्डलाई तेस्रो टेस्टमा हराउँदै पाकिस्तानलाई शृङ्खला
रावलपिन्डी । इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट पाकिस्तानले ९ विकेट जितेको छ । योसँगै टोलीले तीन खेलको शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको हो ।
पहिलो टेस्टमा घरेलु टोली पाकिस्तानमाथि इंग्ल्याण्डले एक इनिङ्स र ४७ रनको शानदार जित हात पारेको थियो । तर, दोस्रो टेस्टमा कम्ब्याक गर्दै पाकिस्तानले १ सय ५२ रनले आफ्नो पक्षमा पार्न सफल भयो ।
तेस्रो टेस्टमा पाकिस्तानले जितका लागि ३६ रनको झिनो लक्ष्य पाएको थियो । जसलाई टोलीले मात्र १ विकेटको क्षतिमा पछ्यायो ।
टोलीका लागि कप्तान शान मसुदले ६ बलमा २३ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । सयम अयुबले ८ रन तथा अब्दुल्लाह सफिकले ५ रन बनाए ।
यसअघि, पाकिस्तानले इंग्ल्याण्डलाई दोस्रो इनिङ्समा १ सय १२ रनमा सीमित गरेको थियो । दुई स्पिनर नोमान अलि र साजिद खानसामु इंग्ल्याण्ड फेरि एकपटक निरीह देखियो । अलिले ६ विकेट लिए भने खानले ४ विकेट हात पारे ।
इंग्ल्याण्डका लागि जो रुटले सर्वाधिक ३३ रन बनाए । त्यस्तै ह्यारी ब्रुकले २६ रन, बेन डकेटले १२ रन तथा गस एट्किन्सन र ज्याक लिचले १०–१० रनको योगदान दिए ।
इंग्ल्याण्डले पहिलो इनिङ्समा २ सय ६७ रन बनाएको थियो भने जवाफी ब्याटिङमा पाकिस्तानले ३ सय ४४ रन जोडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण