वीरगन्जमा तीन ठाउँमा रक्तदान कार्यक्रम, एकैदिन २४४ पोका रगत सङ्कलन
वीरगन्ज । वीरगन्ज महानगरपालिकामा आज बिहान तीन ठाउँमा रक्तदान कार्यक्रमको आयोजना भएको छ । शनिबार मात्रै तीन फरकफरक ठाउँमा आयोजित रक्तदान कार्यक्रममा २४४ पोका रगत सङ्कलन भएको रक्त सञ्चार केन्द्र पर्साले जनाएको छ ।
क्रियाशील युवा पत्रकार मञ्च नेपालले बिहान खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । शुभ दीपावली तथा छठ पर्वको अवसरमा क्रियाशील युवा पत्रकार मञ्चले वीरगन्जको घण्टाघरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आयोजित रक्तदान कार्यक्रममा ६ महिलासहित ५१ जनाले रक्तदान गरेको क्रियाशील युवा पत्रकार मञ्च नेपालले जनाएको छ ।
यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर– १३ राधेमाईस्थित नेपाल निर्माण व्यवसायी संघ पर्साले पनि आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल निर्माण व्यवसायी संघ आयोजना गरेको रक्तदानमा ३ महिलासहित १६१ जना रक्तदान गरेको आयोजक संस्थाले जानकारी दिएको छ ।
त्यस्तै वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१७ अलौंस्थित युनिभर्सल युनाइटेड क्लबले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा ४ महिलासहित ३२ जनाले रक्तदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण