थाई एयर एसियालाई नेपाल आउन प्रतिबन्ध, जीएसएलाई टिकट काट्न रोक
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको सबै प्रकारका उडानमा रोक लगाएको छ । अनुमति बिना नेपाली आकाशमा प्रवेश गरेको भन्दै प्राधिकरणले उडानमै रोक लगाएको हो ।
प्राधिकरणको नियम अनुसार आइतबार (अक्टोबर २७) देखि विन्टर सिजन सुरु भएको छ । नेपाल आउने जहाजहरूले प्रत्येक सिजनका लागि अनुमति लिनुपर्छ । शनिबारसम्मको लागि अनुमति पाएको एयरले आइतबार समेत उडान गरेपछि यस्तो कारबाही गर्नुपरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । अनुमति नै नभई विदेशी एयरलाइन्सको विमान अर्को देशको आकाशमा प्रवेश गर्ने कार्यलाई ज्यादै संवेदनशील मानिन्छ ।
थाइ एसिया एरवेजले भैरहवा उडानको समेत अनुमति मागेको थियो । तर पाएको अनुमति अनुसार भैरहवा उडाउन तयार नभएपछि नयाँ सिजनका लागि प्राधिकरणले अनुमति दिएको थिएन । तर, अनुमति नै नभएको उडान गरेपछि उक्त एयरवेजमाथि कारबाही गर्नुपरेको भूलले बताए ।
योसँगै उक्त एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए)को काम गर्दै आएको युनिभर्सल टुर्स एण्ड ट्राभल्सलाई टिकट काट्न रोक लगाएको हो । थाइले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी सातामा चार उडान गर्दै आइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण