आईसीसी विश्वकप लिग-२ : अमेरिकालाई नेपालले दियो २८७ रनको लक्ष्य
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच पहिलो खेलमा नेपालले अमेरिकालाई २८७ रनको लक्ष्य दिएको छ।
अमेरिकाको ड्यालसमा भइरहेको खेलमा नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनायो।
कप्तान रोहित पौडेलले नेपालका लागि सर्वाधिक ९६ रन बनाए । त्यसअघि अनिल शाह र आसिफ शेखले ९८ रनको साझेदारी गरेका थिए ।
त्यस्तै, आरिफ शेखले ३७ रन जोडे । कुश भुर्तेल ११ र दीपेन्द्र सिंह ऐरी १३ रन बनाएर आउट भए । त्यस्तै, गुल्सन झा १, सोमपाल कामी २, सन्दीप लामिछाने ५ र करण केसी ३ रनमा आउट भए । ललित राजवंशी १ रनमा अविजित रहे ।

अमेरिकाको लागि नोसथुस केन्जिगेले ४ तथा सौरभ नेत्रभाल्करले २ विकेट लिए । अहिले अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ ।
यस शृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्डसँग २-२ खेल खेल्दैछ। शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डले अमेरिकालाई १० विकेटले हराएको थियो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण