शैक्षिक सुधारको लागि बकैया गाउँपालिका र काठमाडौँ विश्वविद्यालयबिच सम्झौता
काठमाडौँ । शिक्षाको गुणस्तर सुधारका लागि बकैया गाउँपालिकाले आइतबार काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ । गाउँपालिका र विश्वविद्यालय बिच आगामी २०८२ कार्तिक १० गतेसम्मका लागि सम्झौता गरिएको हो ।
केयू बकैया फेलोसिप कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रम कार्यान्वयन गर्नको लागि सम्झौता भएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । शैक्षिक अवस्था कमजोर भएका बकैयाका विद्यालयहरूको सुधारका लागि विश्वविद्यालयसँग सम्झौता गरेको उनले बताए ।
सम्झौता पश्चात् बकैया गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत शैक्षिक गुणस्तर सुदृढीकरण एवम् केयूको सहकार्यमा शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम अन्तर्गत आवश्यकता पहिचान, फेलोसिप कार्यक्रम कार्यान्वयनमा अघि बढ्ने उनको भनाई छ ।
अध्यक्ष लामिछानेका अनुसार कृषि र शिक्षाको सुधारको लागि पालिकाले प्रयास गरिरहे पनि पर्याप्त भएन । गाउँपालिकाको शिक्षाको अवस्था अझै कमजोर भएकाले सुधारको थप प्रयासका लागि विश्वविद्यालयसँग सहकार्य गरिएको उनले बताए । सो कार्यक्रमले शिक्षकलाई उत्प्रेरित गरि शिक्षाको सुधारमा जोड दिने उनले विश्वास व्यक्त गरे ।
यस्तै सम्झौताका बिच पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले गाउँपालिका कार्यक्रम सफल पार्न दृढ रहेकोमा बताए । उक्त कार्यक्रमले शैक्षिक सुधारमा व्यवहारिक रूपमा काम गर्नुपर्ने उनको भनाई छ । कार्यक्रमले गाउँपालिकाको शैक्षिक गुणस्तरमा परिवर्तन आउने उनले अपेक्षा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण