नागढुंगा सहकारीविरुद्ध उजुरी दिन बचतकर्तालाई प्रहरीको आग्रह
पोखरा । पर्वतको फलेबासस्थित नागढुंगा सहकारीविरुद्ध उजुरी दिन बचतकर्तालाई प्रहरीले आग्रह गरेको छ । प्रहरीले एक सूचना जारी गरी सहकारीबाट ठगिएका बचतकर्तालाई उजुरी दिन आग्रह गरेको हो ।
कार्किनेटामा कार्यालय रहेको सहकारीका सञ्चालकले बचतकर्ताको रकम अपचलन गरेको भन्दै सहकारी रजिष्ट्रार कार्यालय गण्डकीले अध्ययन गरेर प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनका आधारमा प्रहरीमा उजुरी नै दर्ता भइसकेको छ ।
केही पदाधिकारी पक्राउ परेका छन् भने अध्यक्ष र व्यवस्थापक फरार भएका छन् । प्रहरीले उक्त सहकारीमा रकम जम्मा गरेको र शेयर खरिदको प्रमाण पुग्ने कागजात सहित उजुरी दिन सूचना निकालेको हो ।
‘आ–आफ्नो नागरिकतासहित सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट लगायतको प्रमाणको सक्कल लिइ प्रहरी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।
उक्त सहकारीको ५ करोड ३८ लाख हिनामिना भएको छानबिन प्रतिवेदनले औँल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण